चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई « Khabarhub

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ ।

अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो ।

चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको छ । भिसा पाउन के/कस्ता नयाँ नियम थपिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि चीनले अमेरिकाबाट प्रकाशित हुने तीन वटा पत्रिकाका पत्रकारलाई देश निकाला गरेपछि त्यसैको जवाफस्वरुप अमेरिकाले कडाई गरेको हुन सक्ने आकलन भएका छन् ।

गत मार्चमा चीनले तीन जना पत्रकारलाई देशनिकाला गरे लगत्तै अमेरिकाले पनि चीनका पाँच सरकारी सञ्चारमाध्यका पत्रकारलाई सीमित क्षेत्रमा मात्र पहुँच दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १५ बजे

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई