चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई « Khabarhub

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ ।

अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो ।

चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको छ । भिसा पाउन के/कस्ता नयाँ नियम थपिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि चीनले अमेरिकाबाट प्रकाशित हुने तीन वटा पत्रिकाका पत्रकारलाई देश निकाला गरेपछि त्यसैको जवाफस्वरुप अमेरिकाले कडाई गरेको हुन सक्ने आकलन भएका छन् ।

गत मार्चमा चीनले तीन जना पत्रकारलाई देशनिकाला गरे लगत्तै अमेरिकाले पनि चीनका पाँच सरकारी सञ्चारमाध्यका पत्रकारलाई सीमित क्षेत्रमा मात्र पहुँच दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १५ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका