अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार « Khabarhub

अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ ।

अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले  १४.७ प्रतिशत पुगेको छ ।

यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ३१ बजे

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु