शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्थे हिरानी, शाहरुखले मानेनन् | Khabarhub Khabarhub

शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्थे हिरानी, शाहरुखले मानेनन्


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘जिरो’ को असफलतापछि शाहरुख खानलाई यस्तो झड्का लाग्यो कि, उलने पछिल्लो डेढ वर्षदेखि कुनै फिल्म साइन गरेका छैनन् । बलिउडमा शाहरुखले नयाँ फिल्म साइन गरेको चर्चा भने चलिरहन्छ । तर, ती सबै अफवाह साबित हुँदै आएका छन् ।

यतिबेला बलिउडमा अर्को चर्चा चलेको छ, शाहरुखले यदि कुनै फिल्ममा अभिनय गर्नेछन् भने त्यो राजकुमार हिरानीको हुनेछ । राजकुमार हिरानी यस्ता निर्देशक हुन्, जसका फिल्म बलिउडमा खुबै रुचाइन्छन् । उनका फिल्म असफल छैनन् ।

शाहरुख पनि अब सफलताको स्वाद चखाउने फिल्ममा काम गर्न चाहन्छन् । यतिबेला हिरानी एक फिल्मको स्किृप्टमा लागेका छन् । उनी लगातार स्किृप्ट लेखिरहेका छन् ।

राजकुमार हिरानीले पहिले स्किृप्ट लेखेका थिए, जो दुई हिरोका लागि बनाइएको थियो । हिरानीले उक्त फिल्ममा शाहरुख खान र सलमान खानलाई खेलाउन चाहन्थे ।

सलमान खानको फिल्ममा कुनै आपत्ति थिएन तर शाहरुख खानले फिल्म रिजेक्ट गरे । किनकि, शाहरुख चाहन्छन् कि, अब कुनै फिल्म आउँछ भने त्यसको सफलताका श्रेय आफूलाई मिलोस् ।

शाहरुखले इन्कार गरेपछि हिरानीले दोस्रो स्किृप्ट लेख्न शुरु गरेका छन् । उक्त फिल्ममा पनि शाहरुख खान नै हुनेछन् । फिल्मको स्किृप्ट लक भएपछि हिरानी र शाहरुखले यो फिल्मको औपचारिक घोषणा गर्नेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ०४ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा