लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी | Khabarhub Khabarhub

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाले चेतावनी दिएको हो ।

उसले भारतप्रति वर्तमान सरकारको लाचारीपन खुला रूपमा प्रकट भएको समेत आरोप लगाएको छ ।

लिपुलेक नेपालको भूमि भएको भन्दै सो पार्टीले तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ ।

भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै सो पार्टीले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।

विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन)ले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेको सरकारको कदमविरुद्ध संघर्षमा उठ्न नेपाली जनतालाई अपिल गरेको छ ।

भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५० बजे

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी