लकडाउन खुकुलो भएसँगै खुल्न थालेका उद्योगमा कच्चा पदार्थको अभाव | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएसँगै खुल्न थालेका उद्योगमा कच्चा पदार्थको अभाव


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन शुरु गरेको बताए ।

‘कच्चा पदार्थ आपूर्ति, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन्,’ उनले भने, ‘खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखियो ।’

कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ ।

राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए ।

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ । जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसामानको उत्पादन गर्दा पनि बजारमा बेच्न सम्भव नरहेको बताए । हाल सरकारले खाद्यान्न, तरकारी र फलफूल पसल मात्रै खोल्न दिएको छ ।

अध्यक्ष रावतले उद्योग सञ्चालन सहजताका लागि जिल्ला प्रशासनका साथै प्रदेश सरकारसँग आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ५५ बजे

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक