भाइरल भयो आलियाको पुरानो तस्वीर « Khabarhub

भाइरल भयो आलियाको पुरानो तस्वीर


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टले निकै छोटो समयमा आफ्नो पहिचान बनाएकी छिन् । दमदार अभिनयका कारण उनले दर्शकको ध्यान तानेकी छिन् ।

पछिल्ला दिनमा आलिया ऋषि कपूरको निधनपछि लगातार रणवीर कपूरको परिवारसँग देखिएकी छिन् । केही समययता रणवीर र आलिया डेटिङ गरिरहेका छन् ।

सामाजिक सञ्जालमा आलियाका एक पुरानो तस्वीर भाइरल भएको छ । उक्त तस्वीरमा उनी आफ्नी आमा सोनी राजदानसँग देखिन्छिन् । आलिया अहिलेको भन्दा मोटी पनि देखिन्छिन् ।

यो तस्वीर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ । कतिपयले उनले पछिल्लो समय आफूलाई फिट राखेको भन्दै तारिफ गरेका छन् भने कतिपयले पुरानो तस्वीरलाई मजाक बनाएका छन् ।

यतिबेला आलिया आफ्नी बहिनी शाहीन भट्टसँग घरमा समय बिताइरहेकी छिन् । उनी घरमा सेल्फ क्वारेन्टाइनमा छिन् ।

आलियाले अभिनय गरेका फिल्म ‘ब्रह्मास्त्र’, ‘सडक २’, ‘आरआरआर’, ‘गुंगूबाई काठियाबाडी’ र ‘तख्त’ रिलिजका क्रममा छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : १३ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण