चट्याङ लाग्दा फर्ममा आगलागी, एउटा गाई मर्‍यो « Khabarhub

चट्याङ लाग्दा फर्ममा आगलागी, एउटा गाई मर्‍यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क वडा नं १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए ।

आगलागीमा परी एउटा जर्सी गाई मरेको छ । नौ जर्सी गाई आगाले पोलेर घाइते भएका छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदीप आचार्यले बताए ।

आगलागीबाट फर्ममा रहेका जेनेरेटर, कुटानी पिसानी मिललगायत यान्त्रिक सामग्रीसहित दानाको गोदाम, गाईभैंसीलाई खुवाउने पराल, खरलगायत फर्मका अन्य सामग्री जलेर नष्ट भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : २२ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा