प्रहरीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति | Khabarhub Khabarhub

प्रहरीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीमाथि हातपात गर्नेमध्ये ४ चिनियाँमाथि अनुसन्धानका लागि प्रहरीले १० दिन थुनामा राख्ने अनुमति पाएको छ ।

धर्नाका क्रममा पक्राउ परेकामध्ये ४ चिनियाँविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएका उनीहरुलाई १० दिन थुनामा राख्न अनुमति मिलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घर फर्किन पर्ने माग राख्दै गत शुक्रबार सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका चिनियाँहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा रोकेपछि उनीहरुले प्रहरीमाथि हातपात गरेको थियो । प्रहरीले सिंहदरबार गेट अगाडिबाट ३५ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो ।

तर, ४ जनाविरुद्ध मात्रै अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ४५ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर