दक्षिण कोरियामा फेरि देखियो सामूहिक कोरोनाको संक्रमण, एकैदिन ३४ संक्रमित | Khabarhub Khabarhub

दक्षिण कोरियामा फेरि देखियो सामूहिक कोरोनाको संक्रमण, एकैदिन ३४ संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

द कोरिया– कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो ।

आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस सङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट सङ्क्रमण शुरु भएको हो ।

उक्त सङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि सङ्क्रमण फैलिन सक्ने अनुमान गरिएको छ ।

त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सामूहिक सङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ ।

हालसम्म लकडाउन नगरेरै कोरोना सङ्क्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ०० बजे

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

एजेन्सी – इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम– कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

गलकोट – बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् अवरोध गर्ने चेतावनी

काठमाडौं- संसदीय समितिमार्फत् विपक्षी दलहरूले सरकारलाई घेर्ने कोसिस गरेका छन्

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन

काठमाडौं– नेपालले सुरुवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।