प्रदेश सांसदलाई छक्याएर ठगी, पूर्वराज्यमन्त्रीसहित ७ जनालाई जन्मकैद « Khabarhub

प्रदेश सांसदलाई छक्याएर ठगी, पूर्वराज्यमन्त्रीसहित ७ जनालाई जन्मकैद


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दालले झण्डै दर्जन व्यक्तिसँग लाखौ रुपैयाँ ठगी गरेको खुलासा भएको छ । सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएरका दलालहरुले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिबाट लाखौ रुपैयाँ उठाएको कान्तिपुर दैनिकमा खबर छ ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने महिला हिंसा र छाउपडी विषय कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अरु व्यक्तिपनि ठगिएको खुलेको छ ।

त्यस्तै पत्रिकाले पूर्वराज्यमन्त्री साहसहित ७ लाई जन्मकैद शीर्षकमा छापेको समाचारमा पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटनमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योग दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो ।

न्यायाधीश राजेश कटुवालको इजलासले ५ दिन लामो सुनुवाइपछि प्रतिवादीमध्ये ७ जनालाई जन्मकैद, एकजनालाई १० वर्ष कैद र फरार ४ जनाको हकमा मुद्दालाई मुल्तबी राखेको हो । बम विस्फोटन गर्ने व्यक्तिको नाममा १० हजार रुपैयाँ काठमाडौंबाट आईएमई गरेका सुजित पाण्डेलाई भने अदालतले सफाइ दिएको छ ।

२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम विस्फोटको योजना बुनेको ठहर गर्दै धनुषा अदालतले पूर्वराज्यमन्त्री साह, भूमिगत सशस्त्र संगठनका नाइके मुकेशकुमार चौधरी र राजन मुक्ति भनिने रञ्जित झालाई जन्मकैदको फैसला सुनाएको छ । ज्यान मार्ने उद्योगमा यी तीनैजनालाई १२ वर्षको कैद पनि सुनाइएको छ ।

मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्नामा बसेका बेला जनकपुरको रामानन्द चोकमा रिमोटमार्फत आरडीएक्स बम विस्फोट गराइएको थियो । घटनामा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । सरकारी वकिलको कार्यालयले वारदातका प्रतिवादीलाई ज्यान मार्ने र ज्यान मार्ने उद्योग दुवै मुद्दा चलाएको थियो । बम विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।

त्यसैगरी भारतीय विदेश सचिव काठमाडौंमा व्यस्त रहेको, पाकिस्तानका सभामुखको भ्रमण स्थगित भएको, आजदेखि शुरु हुने लगानी सम्मेलनमा ७७ आयोजनामार्फत ३० खर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा गरिएको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ३९ बजे

ठगीको अभियोगमा पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौं– चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ