ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका अर्का एक खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

परीक्षण गरिएका मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना महामारीको शूरुवाती चरणमा ब्राइटनका दुई जना खेलाडीमा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना संक्रमण देखिएपछि अहिले ती खेलाडीहरु सेल्फ आइसोलेसनमा राखिएका छन् ।

ब्राइटनका खेलाडीहरु मैदानमा एक्लै एक्लै अभ्यास गरिरहेका छन् भने खेलाडीमा कोरोना संक्रमण देखिएपनि अभ्यास बन्द नहुने क्लबले बताएको छ ।

मार्चमा आधा खेल्दै रोकिएको प्रिमियर लिग सुचारुका लागि क्लबहरुबीच भोलि (सोमबार) छलपल हुने तय भएको छ ।

ब्राइटनका कार्यकारी निर्देशक पाउल बाबेरले अहिले खेलाडीमा संक्रमण देखिएपछि ध्यान दिनु पर्ने अवस्था आएको बताएका छन् । उनले खेलाडीहरु अभ्यासमा जुटेपनि कुनै परक नपरेको समेत बताएका छन् ।

प्रिमियर लिग मार्च १३ देखि रोकिएको थियो भने लिगमा अझै ९ चरणको खेल हुन बाँकी छ ।

सोमबारको बैठकपछि लिगमा कहिले देखि कसरी शूरु गर्ने भन्ने छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५९ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल