विज्ञानपछि सामाजिकको प्रश्नपत्र आउट, आजको परीक्षा पनि रद्द « Khabarhub

विज्ञानपछि सामाजिकको प्रश्नपत्र आउट, आजको परीक्षा पनि रद्द


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को एक पछि अर्को गरी परीक्षा अगावै प्रश्नपत्र आउट हुन थालेको पाइएको छ ।

प्रदेश नम्बर नं. २ हिजो विज्ञान विषयका परीक्षा पत्र बाहिरिएपछि स्थगित भएको परीक्षा आज सामाजिक विषयको परीक्षा पत्र बाहिरिएपछि फेरि आजको परीक्षा पनि रद्द गरिएको छ ।

पश्न पत्र बाहिरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहले आकस्मिक बैठक बोलाएका छन् । बैठकले प्रश्नपत्र कसरी बाहिरियो छानविन गर्नेछ ।

आज सामजिक बिषयको परीक्षा हुने कार्यतालिका रहेपनि प्रश्नपत्र भने बिहीबार बेलुका नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो ।

त्यसैगरी प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले यस विषयमा अनुसन्धान हुने र अनियमितता गर्ने जो कोहीलाई कारबाही हुने जानकारी दिएका छन् ।

बिहिबार पनि प्रदेश नं २ का जिल्लाहरुमा विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेशभरका विद्यार्थीको विज्ञान संकायको परीक्षा रद्द गरिएको थियो । उनीहरुको विज्ञान बिषयको परीक्षा अब चैत २२ गते हुनेछ ।

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ५६ बजे

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको