इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे क्लबहरु छलफलमा जुट्दै « Khabarhub

इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे क्लबहरु छलफलमा जुट्दै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण सिजनको बिचमै रोकिएको लिगलाई पुनः सञ्चालन गर्ने विषयमा इंग्लिस प्रिमियर लिगका क्लबबिच आज छलफल हुँदै छ ।  

लिगका क्लबहरुबिच यो सिजनका बाँकी खेलहरु गर्ने सम्बन्धी छलफल सोमबार हुँन लागेको हो ।

यसअघिका छलफलमा न्यूट्रल भेन्यूको प्रस्ताव गरिए पनि त्यसमा सबै क्लब सहमत देखिएका थिएनन् ।

२० मध्ये १४ क्लब पक्षमा आए भने मात्रै न्यूट्रल भेन्यूमा खेल गर्न बाटो खुल्छ ।

त्यसका लागि १० वटा न्यूट्रल भेन्यूमा खेल गर्ने गरी क्लबहरुबिच छलफल जारी छ ।

तर पुछारका टिमहरुले भने यसले खेलको वास्तविक मर्म नसमेट्ने र रेलिगेशनमा पर्ने जोखिमकाबीच न्यूट्रल भेन्यूमा खेल्न नसक्ने बताउदै आएका छन् ।

बेलायत सरकारले सोमबार केही खेलाडीहरुले सुरुवाति चरणको प्रशिक्षण सुरु गर्न पाउने घोषणा गर्ने अपेक्षा छ । तर हिजो केही क्लबका खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै थप अन्योलता थपिएको छ ।

कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको प्रिमियर लिगको यो सिजनका ९२ खेल हुन बाँकी छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३६ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग