अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुनसक्ने डब्लूएचओको चेतावनी « Khabarhub

अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुनसक्ने डब्लूएचओको चेतावनी


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि डब्लूएचओले गरेको छ ।

अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अफ्रिका न्यूजले जनाएको छ । जसमध्ये २ हजार २ सय २१ जनाको ज्यान गएको छ भने २० हजार ८ सय जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकामा ५३ देश प्रभावित भएका छन् । अफ्रिकी महादेशको एक मात्र देश लेसोथो भने अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको छ । त्यहाँ कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको अफ्रिका न्यूजले जनाएको छ ।

अफ्रिकी महादेशमा सबैभन्दा बढी दक्षिण अफ्रिका प्रभावित भएको छ जहाँ ९ हजार ४ सय २० केस देखिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : १५ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको