भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालन | Khabarhub Khabarhub

भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुन्दर यातायात प्रालिले भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल निर्माण गरि सञ्चालनमा ल्याएको छ ।

आइतबार पूर्व मन्त्री महेश बस्नेतले उक्त टनेलको शुभारम्भ गरे ।

कार्यक्रममाम्रो भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिका का उप-प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुर का प्रमुख र महानगरीय प्रहरी वृत्त का कार्यालय प्रमुख साथै वडा नं २ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो

शुभारम्भ गर्दै साथै पूर्व मन्त्री बस्नेतले आगामी दिनमा पनि यस्तै काम हरू गर्दै जान सुन्दर यातायात तथा सम्पूर्ण सर्वसाधारणहरुलाई प्रोत्साहन गर्दै र आफुले सक्दो सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘यो टनेलले किटाणु रहित गराउनमा विशेष ध्यान पुग्ने छ’ उनले भने।

सुन्दर यातायातले कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौं प्रवेश गर्ने भक्तपुरको जगातिमा करिब २ लाख ५० हजार खर्च गरि डिसइन्फेकसन सञ्चालनमा ल्याएको प्रालीका सञ्चालक भेष बहादुर थापाले जानकारी दिए ।

प्रालीले केही दिनअघि काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा पनि सवारी डिसइन्फेसन टनेल सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ५० बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक