मध्यपुरथिमि नगरमा ड्रोनबाट सर्वेक्षण सम्पन्न | Khabarhub Khabarhub

मध्यपुरथिमि नगरमा ड्रोनबाट सर्वेक्षण सम्पन्न


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ ।

लकडाउनको सदुपयोग गर्दै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको सबै वस्तुचित्र आउने गरी आकाशमा ड्रोन उडाएर डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख श्रेष्ठले भने ‘नगरपालिकाको जिपिएस लोकेशन लिने काम भएको छ, यसबाट नगरपालिकाभित्र रहेको सम्पूर्ण घर, स्कूल, मठमन्दिर, पोखरी, सडक, जङ्गल, भीरपाखो, जमीन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पारेको छ ।’

ड्रोनमा दुई वटा अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भएको जानकारी दिँदै उनले डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नम्बर हान्दा घरको ढोकामै पुग्न सकिने बताउनुभयो ।

यसबाट नगरपालिकाको सबै क्षेत्रफल र यहाँका भौतिक संरचना डिजिटल नक्सामा उत्रिएको छ ।

डिजिटल नक्साले नगरपालिकाले आगामी दिनमा सहजरुपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : २५ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक