दुई महिनापछि वुहानमा कोरोनाको संक्रमण बढ्यो, शुलान शहर पूर्ण लकडाउन « Khabarhub

दुई महिनापछि वुहानमा कोरोनाको संक्रमण बढ्यो, शुलान शहर पूर्ण लकडाउन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसबाट ११ जना सङ्क्रमित फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ।

उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो। ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ।

ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन्।

शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ।

चीनको वुहान शहरमा स्थानीय सङ्क्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्। अधिकारीहरूले नयाँ पाँच सङ्क्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्।

महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा सङ्क्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

वुहान कोरोनाभाइरस सङ्क्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ सङ्क्रमित देखिएका थिएनन्।

गत मार्च महिनामा सङ्क्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा सङ्क्रमण भएको पाइएको हो। ‍

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ४३ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका