भरुवा बन्दुक र मरेको कालिजसहित १ जना पक्राउ « Khabarhub

भरुवा बन्दुक र मरेको कालिजसहित १ जना पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोताङ– सोलुखुम्बु प्रहरीले मरेको कालिज, मृगको मासु र भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका-३ पोक्चम घर भएका २१ वर्षीय प्रदिप राई छन् । प्रहरीले राईलाई आइतबार भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित पक्राउ गरेको हो ।

सोताङ गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

राईसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : २६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको