भरुवा बन्दुक र मरेको कालिजसहित १ जना पक्राउ « Khabarhub

भरुवा बन्दुक र मरेको कालिजसहित १ जना पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोताङ– सोलुखुम्बु प्रहरीले मरेको कालिज, मृगको मासु र भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका-३ पोक्चम घर भएका २१ वर्षीय प्रदिप राई छन् । प्रहरीले राईलाई आइतबार भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित पक्राउ गरेको हो ।

सोताङ गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

राईसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : २६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने