लिपुलेकबारे नेपाल सरकारको धारणा सुनाउन परराष्ट्र मन्त्रालयमा बोलाइए भारतीय राजदूत क्वात्रा | Khabarhub Khabarhub

लिपुलेकबारे नेपाल सरकारको धारणा सुनाउन परराष्ट्र मन्त्रालयमा बोलाइए भारतीय राजदूत क्वात्रा


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारले भारतलाई ‘कूटनीतिक नोट’ बुझाएको छ ।

सोमबार बिहान परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको धारणा समेत सुनाएको छ ।

राजदूत क्वात्रा सोमबार बिहान साढे ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीसँग भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेको विषयप्रति विरोध जनाउँदै राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको हो ।

नेपाल–भारत जारी सीमा विवादको सम्बन्धमा प्रमुख विषय बन्दै आएको लिपुलेक–कालापानीको विषयमा उच्चस्तरी वार्ताका लागि नेपालले भारतसँग प्रस्ताव समेत गरेको छ ।

तर, भारतीय पक्षले भने कोरोना भाइरको महामारी साम्य भएपछि मात्रै त्यस विषयमा कुराकानी गर्न सकिने बताएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । परराष्ट्रय मन्त्रालयले शनिबार नै एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ५१ बजे

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित