बर्दियामा आरडीटी किटको समेत अभाव हुँदा कोरोना परीक्षण प्रभावित « Khabarhub

बर्दियामा आरडीटी किटको समेत अभाव हुँदा कोरोना परीक्षण प्रभावित


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया– बर्दियामा किटको अभाव हुँदा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी चौधरीले आरडिटी विधिबाट परीक्षण गरिएका दुई हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७ गरी कुल तीन हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सात जनालाई राखिएको छ ।

जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन् । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३५ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर