कोरोना त्रास र नर्सको दायित्व | Khabarhub Khabarhub

कोरोना त्रास र नर्सको दायित्व


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज मे १२ । मे १२ लाई विश्वभर नर्सिङ दिवसको रुपमा मनाइन्छ । आफू र परिवारभन्दा माथि रहेर समाज र विश्वको सेवाभावमा अहोरात्र खट्ने नर्सहरुको सम्मानस्वरुप मनाइने नर्सिङ दिवस अर्थात ‘नर्सिङ डे’मा यसवर्ष अलि भिन्न र फरक परिस्थितिमा आएको छ ।

बिरामीको रोग भगाउन उपचारको अग्रभागमा युद्धमोर्चा सम्हाल्ने नर्सहरु यसपटक कोरोना विरुद्धको महामारीमा डाक्टरहरुसँगै अग्रभागमा खटिएका छन् । संसारभरका सरकार र राष्ट्र प्रमुखहरु डाक्टर र नर्सको शरणमा छन् ।

अर्कोतर्फ आधुनिक रुपमा नर्सिङ समुदायले समाजमा गरेको उल्लेखनीय योगदान २०० वर्षदेखि विश्वभर स्मरण गर्ने गरिएको छ । नर्सिङ डे विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइने गरेको छ यद्यपि यस वर्ष कोरोनाविरुद्धको महामारीले औपचारिक कार्यक्रमहरु प्रभावित बनेपनि अनौपचारिक कार्यक्रम भने हुनेछन् ।

‘स्वास्थ्यको संसार नर्सिङ हो’ भन्ने नाराका साथ मनाइने यस वर्षको नाराले पनि संसारका मानिसहरुमा नर्सहरुको सही मुल्यमा प्रकाश पारेको छ ।

हाम्रो छिमेकी देश भारतमा केही दिन अघि एक नर्स भाइरल बनिन् । भारतको पुनेमा अवस्थित सासुन अस्पतालको आईसीयुमा कार्यरत एक नर्स २० दिनसम्म अस्पतालमा कोरोना भाइरसका बिरामीहरुको सेवा र उपचारपछि घर फर्केका बेला उनका परिवार र छिमेकीले ताली बजाउँदै पुष्पगुच्छासहित उनको स्वागत गरे ।

सामाजिक संजालमा यसबारेको भिडियो कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खटेका स्वस्थ्यकर्मीहरुको सम्मान स्वरुप सेयर गरिएको थियो । यसबाहेक सिटी बजाउने, थाल ठटाउने जस्ता कार्य गरी नर्सहरुको कार्य मुल्याङकन र उनीहरुको कार्यप्रति थुप्रैले विभिन्न कोणबाट सम्मान प्रकट गर्ने गरेका छन् । हौसला प्रदान गर्ने गरेको देखिन्छ ।

हाम्रो मुलुकमा पनि बुद्ध जयन्तीका दिन सरकारको आह्वानमा साँझ दीप प्रज्वलन गरी देशभरका डाक्टर तथा नर्सहरुको कार्यप्रति सम्मान प्रकट गरिएको थियो । त्यसो त रोगसँग लड्ने गरेका बिरामीलाई बाँच्न साहस, प्रेरणा र औषधीरुपी हतियार लिएर पुग्ने नर्सहरुको स्मरण पनि २०० वर्षअघि युद्धताका नै सुरुवात् भएको थियो ।

नर्स सम्झनासाथ फ्लोरेन्स नाइटिङगेल विश्वभर सम्झिने नाम हो । हुन पनि आधुनिक नर्सिङको संस्थापक नाइटिङ्गेल (मे १२, १८२०– १३ अगष्ट १९१०) एक अतुलनीय दयावान् समाज सुधारक हुन् । उनले सन् १८५३ देखि १८५६ को क्रिमियन युद्धमा आफ्ना ३३ साथीहरुसँग मिलेर घाइते विरामी सैनिकहरूको सेवामा निरन्तर लागेकी थिइन् ।

युद्धको भयावह स्थितिमा समेत बिरामी सैनिकहरुको सेवामा सुधार ल्याउन पछि नपरेकी नाइटिङगेल विश्वभर नर्सिङ क्षेत्रमा उच्च प्रतिष्ठाको वातावरण निर्माण गरिन् । उनी रातको समयमा पनि एक एक गर्दै सम्पूर्ण घाइतेहरुको लाल्टिन बोकेर हाल बुझ्न र स्थिति सहज बनाउन जाने भएर उनको सम्मान स्वरुप नाम नै ‘लेडी विथ द ल्याम्प’ राखिएको थियो ।

उनै नाइटिङगेललाई कसैले ‘क्रिमियन परी’ पनि भन्थे । नेपालमा पनि सन् १९७३ मा राजकुमारी प्रेक्षाराज्यलक्ष्मी देवी शाहको प्रवेशपछि नर्सिङ एक प्रतिष्ठित सेवा बन्न पुगेको थियो । जैवीक, आणविक हतियारभन्दा खतरनाक बन्दै गइरहेको कोरोना भाइरस एक युद्ध झै प्रतीत् हुन थालेको छ ।

हालसम्म विश्वका २१२ देशका नागरिक कोरोना भाइरसबाट प्रताडित भैसकेका छन् । विश्व स्तब्ध पार्दै गइरहेको यो भाइरसविरुद्धको लडाईमा यतिबेला संसारभरका देश र सरकार सहभागी हुँदा सेतो बर्दी लगाएका स्वास्थ्यकर्मीलाई अघि सारिएको छ । नर्स अनि डाक्टरहरुको भरोसामा ।

चाहे त्यसबेलाका क्रिमियन युद्ध होस् वा अहिलेको विश्व महामारी कोभिड–१९, नर्सहरु उत्तिकै सम्झिइनुपर्ने देखिन्छन् । हुन पनि आजको दिनसम्म बिरामीको सेवामा नर्सहरु निरन्तर लागिपरेका छन् । आफ्ना परिवार साथीभाइ इच्छा आकांक्षाको प्रवाह नै नगरी उपचारमा खटेका छन् ।

त्यसैले नै होला वाशिंटनस्थित नर्सेस एसोसिएसनमा स्थानीय र राज्यका अधिकारीहरुले प्रत्यक्ष रुपमा कोभिड–१९ को उपचारमा संलग्न नर्सहरुको सुरक्षामा उच्च चासो व्यक्त गरेका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ बाट संक्रमितको संख्या दैनिक बढ्दो छ । यो लेख तयार पार्दासम्म १३४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । देशभर विभिन्न अस्पतालमा क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गरिएको छ । अन्य मानिसहरु भयावहस्थिति भन्दै परिवारसहित घरभित्रै सुरक्षित रहिरहँदा लकडाउनको बाबजुद सम्पूर्ण स्वास्थ्यकर्मी निरन्तर आफ्नो कार्यमा खटिइरहेका छन् ।

कोही गर्भवती त कोही दूधे बालक छाडेर आफ्नो ज्यानको प्रवाह नै नगरी अहोरात्र लागिपरेका छन् । कोही स्वास्थ्यकर्मी त अत्यावश्यक पिपिईको बाबजुद् नै कोरोना विरुद्धको युद्ध लडिरहेका छन् ।

त्यसैले विभिन्न अरु देशहरुमा जस्तै हाम्रो देशमा पनि सरकारले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाइराख्न जोखिम भत्ता दिने र उपचारमा खटिनेलाई खाना, बासस्थानको व्यवस्था गरेको छ । तर आवश्यक पर्दा काखी च्याप्ने अनि अरु बेला मुल्याङकन कम आँक्ने प्रवृत्ति सँधैका लागि अन्त्य गर्नुपर्छ ।

अझै पनि निजी संस्थामा नर्सहरुलाई प्रशस्त काममा लगाएर श्रम शोषण गर्ने तथा मानसिक तनाव दिने गरिएको समाचारहरु सुन्ने गरिन्छ । जुन कत्तिपनि जायज छैन । अर्कोतर्फ यही बेला पनि सरकारले जोखिम भत्तासहितको सुविधा दिँदा पनि केही गैरसरकारी र निजी स्वास्थ्य संस्थाले डबल ड्युटी लगाउने, २४ घण्टा ड्युटी गराउने तर जोखिमभत्ता र सार्वजनिक बिदाको सरकारको निर्णय विपरीत भत्ता त परैजाओस् सञ्चित घरबिदा समेत कट्टी गर्ने निर्णय गरेका छन ।

यसले आफ्नो ज्यान जोखिममा राखेर विरामीको सेवा गर्ने नर्सहरुको पेशाको गरिमामा आँच ल्याएको छ । त्यसैले सबैतिरका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता सबै स्वास्थ्य संस्थामा दिनुपर्छ, यसका लागि सम्बन्धित निकायले पहल गर्नुपर्छ ।

२०२० वर्षलाई नर्स र मिडवाईफ वर्षको रुपमा नामाकरण गरिएको छ । जुन संयोगयवश फ्लोरेन्स नाइटिङगेलको २०० औँ वर्षको वार्षिकोत्सव पनि हो । यस वर्ष नर्सिङ पेशाका लागि एउटा महत्वपूर्ण वर्ष ठहर भएको छ । कोभिड–१९ विरुद्धको युद्धमा विश्वभरका नर्सहरु अन्य स्वास्थ्यकर्मीजस्तै अहोरात्र निरन्तर खटिइरहेका छन् ।

अन्यथा जीवन मरणको दोसाँधमा रहेर सुत्केरी व्यथाले छट्पटाउँदै गर्दा गर्भवतीलाई बाटोसम्म गएर उद्धार गर्ने अनमी विमला सञ्जेल लगायतलाई समाजले आदरसाथ याद गर्ने थिएन । ‘छोरी बिग्रे नर्स, छोरा बिग्रे कमर्श’ भन्ने हाम्रो समाजले यतिबेला नर्सप्रति जुन सम्मान प्रकट गरेको छ, यसले स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका अमुल्य रहेको प्रमाणित गरेको छ ।

तर पनि कोरोना विरुद्धको युद्धमा खटिइरहेका नर्सहरुलाई रातरात घरबाट निकाल्न खोज्ने, डेरा छाड्न दबाब दिने कार्य गर्नु कत्तिको जायज होला ? अनि किन गरिन्छन् होला यस्ता कार्य ? यी तमाम समस्या र चुनौतीका बाबजुद दिनरात, भोक प्यास केही नभनी यतिबेलाको (कोभिड–१९) युद्धको अग्रमोर्चामा रहेर खट्ने सबै नर्स र सरोकारवालाहरुलाई ‘नर्सिङ डे’ को शुभकामना ।
(साखकर्मी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत नर्स हुन् )

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति