हङकङमा फेरि सुरू भयो सरकारबिरोधी प्रदर्शन « Khabarhub

हङकङमा फेरि सुरू भयो सरकारबिरोधी प्रदर्शन


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रासकाबीच हङकङमा आइतबारदेखि फेरि सरकारबिरोधी प्रदर्शन सुरू भएको छ ।

हङकङ शहरमा आइतबार राती सयौं जनाले प्रजातान्तीक मूल्य मान्यता रक्षाको माग गर्दै नाराबाजी गरेको अलजजिराले जनाएको छ ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपछि चीन विरोधी नाराबाजी गर्ने २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका क्रममा केही सवारी साधनमा आगजनी समेत गरिएको जनाइएको छ । कोरोना महामारी करिब नियन्त्रणमा आइसकेको हङकङकमा गत हप्तादेखि प्रदर्शनकारीहरु सडकमा देखिन थालेका थिए ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिकहरूले सन् २०१९ को जुनदेखि सुरू गरेको प्रदर्शन उक्त विधेयक फिर्ता हुदा पनि रोकिएको थिएन ।

कोरोना भाइरसको महामारीले संसार नै आक्रान्त भएपछि हङकङमा हुदै आएको प्रदर्शन पनि सामसुम भएको थियो । तर त्यहाँ माहामारी नियन्त्रणउन्मुख अवस्थामा पुगिरहदा फेरि बिरोध प्रदर्शन चुलिने संकेत देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै