अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई सोध्नु भनेको प्रश्न के थियो ? (भिडियो) « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई सोध्नु भनेको प्रश्न के थियो ? (भिडियो)


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नको जवाफ दिँदै यो प्रश्न चीनलाई सोध्न भने ।

पत्रकार वेजिया जियाङले अमेरिकामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट राम्रो भइरहनुका बाबजुद अमेरिकाले धेरै गर्न सक्ने अवस्थामा पनि किन धेरै अमेरिकी नागरिकले बढी ज्यान गुमाइरहेका छन् भनी प्रश्न सोध्दा ट्रम्पको उत्तर थियो यो प्रश्न मलाई नसोध्नु, यो प्रश्न चीनलाई सोध्नु ?

एशियाली मुलकी ती अमेरिकी पत्रकारले आफूलाई निच उत्तर दिएको भनी प्रश्न गरेकी थिइन् । ट्रम्पले त्यसपछि अर्की महिलाको प्रश्न पनि सामना गर्न चाहेनन् र पत्रकार सम्मेलन नै छाडेर हिंडे ।

भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमण फैलनुमा चीनलाई दोष दिइरहेका छन् । यसले अमेरिकाको चीनसँग सम्बन्ध चिसिएको छ । दुवै देश आरोप प्रत्यारोप गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : २३ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ