निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ « Khabarhub

निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो ।

निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउनेगरी भ्रमक समाचार फैलाएको सरकारी अधिकारीहरुको भनाइ छ ।

निर्वाचन आयोगका दुई जना आयुक्तलाई हटाइएको र मतदान भइरहेको ठाउँमा छ लाख अवैध मतपेटिका मिसाइएको भन्ने भ्रमक समाचार उनीहरुले फेसबुकमा सेयर गरेका थिए ।

इन्टरनेट मार्फत् गलत सूचना प्रवाह गरेकाले उनीहरुलाई कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीका एक जना प्रवक्ता सिरिवात डिफोरले जानकारी दिए ।

उनीहरुले भने त्यो समाचार भ्रमक समाचार हो भन्ने थाहा नपाएको र सत्य समाचार नै ठानेर आफुहरुले सेयर गरेको बताएका छन् ।

आरोप प्रमणीत भएमा उनीहरुलाई पाँच बर्ष भन्दा बढी जेल सजाय र ३१ सय डलर जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र