लकडाउन अवज्ञा गर्ने २१ व्यापारी पक्राउ « Khabarhub

लकडाउन अवज्ञा गर्ने २१ व्यापारी पक्राउ


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुरमा लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले २१ व्यापारीहरुलाई पक्राउ गरेको छ ।

अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्नुपर्नेमा कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखानासमेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

पटक-पटक अनुरोध गर्दासमेत अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले संक्रामक रोग सार्ने कसुरमा मुद्दा चलाउन सक्ने भए पनि तुलसीपुर प्रहरीले केही समय हिरासतमा राखेर छाड्ने गरेको छ ।

यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ । तुलसीपुरमा अत्यावश्यकीय वस्तु खरिदका लागि सामग्री खरिदका नाममा अन्य पसलहरु पनि खुल्ने गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २६ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा