नामसालिङको शुक्रबारे बजारमा आगलागी हुँदा ३ घर जले | Khabarhub Khabarhub

नामसालिङको शुक्रबारे बजारमा आगलागी हुँदा ३ घर जले


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन ।

सोमबार राति भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन ।

आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा भत्काईएको छ ।

राति कविर १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ४३ बजे

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र