लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ? « Khabarhub

लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन जारी गरिएको छ । बलिउडका सेलिब्रेटीहरु घरमै सीमित छन् ।

अभिनेता सलमान खान लकडाउनका कारण पनवेलको एक फार्महाउसमा फसेका थिए । उहाँ त्यहाँ पुगेका बेला भारतमा लकडाउन गरिएको थियो । फार्महाउसमा बसिरहेका सलमान खान लकडाउनकै समयमा आफ्नो बान्द्राको घर पुगेका छन् ।

लकडाउन पहिले सलमान खान आफ्नी आमा, बहिनी अर्पिता खान र केही परिवारका साथ फार्महाउसमा गएका थिए ।

भारतीय मिडियाले सलमान खानको परिवार मुम्बई गएको लेखेका छन् । तर, यो खबरको पुष्टि भने भएको छैन ।

यद्यपि सलमानले एक अन्तर्वार्तामा आफू परिवारसँगै बान्द्रा आइपुगेको बताएका थिए । सलमान खान आफ्नो अपकमिङ फिल्म ‘राधे’ को शूटिङ सक्नका लागि लकडाउन खुल्ने प्रतीक्षामा छन् । फिल्ममा सलमान खानका साथै दिशा पटानीलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : १९ बजे

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा