कोरोना संक्रमण देखिएकामध्ये १५८ पुरुष र ३३ जना महिला « Khabarhub

कोरोना संक्रमण देखिएकामध्ये १५८ पुरुष र ३३ जना महिला


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका कूल संक्रमित १ सय ९१ जनामध्ये सबैभन्दा बढी पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

प्रवक्ता डा देवकोटाले मंगलबार संक्रमण पुष्टि भएका कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, पर्सामा ३९ जना र बारामा एक जना सहित ५७ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ य ९१ पुगेको बताए ।

मंगलबार संक्रमण पुष्टि भएका नयाँ संक्रमितहरुलाई  विभिन्न अस्पतालको आइसोलेसन वार्डमा लगिँदै छ । यस्तै यसअघि नै संक्रमण देखिएकामध्ये वीरगञ्जमा २७, राजविराजमा १, विराटनगरमा १९,रुपन्देहीमा २८, भरतपुरमा १, नेपालगञ्जमा २४ र र वर्दियामा १ जना गरी १ सय ३ जना आइसोलेसन रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ परीक्षण भएको छ । यस्तै गत २४ घण्टामा थप २ हजार २ सय ३६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न प्रदेशमा संक्रमित र आशंका गरीएका व्यक्ति सहित २ सय २८ जना रहेका छन् ।

प्रवक्ता डा देवकोटालेअनुसार काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ जना आइसोलेसनमा रहेका छन् । उनका अनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये १९ जना संक्रमित र ६ जना आशंका गरिएका बिरामी रहेका छन् ।

यस्तै प्रदेश २ मा ८० जना आइसोलेसनमा रहेका छन् जसमध्ये संक्रमित ६८ र आशंका गरीएका १२ जना छन् । यस्तै बागमती प्रदेशमा २५ जना आइसोलेसनमा रहेका छन् जसमध्ये आशंका गरिएका २४ र एकजना संक्रमित छन् । यस्तै प्रदेश नम्बर ५ मा ९८ जना आइसोलेसमा रहेकोमा २८ जना आशंका गरीएका र ७० जना संक्रमित रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइमा १२ हजार ७ सय ८५ जना रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ४१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको