कोरोना संक्रमित बढेसँगै एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेसँगै एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको हो।

मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए। तर अब सो सुविधासमेत रोकिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइने बताए ।

‘कार्यालयको परिचय पत्रको आधारमा हिडडुल गर्न पाइन्न। यो बुझाइ गलत भयो,’ उनले भने’ सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको,बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बै‌ंक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुन्छ।’

सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको उनले बताए ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ४१ बजे

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल