कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

साथै, सर्वसाधारणलाई घर बाहिर निस्किन पनि निषेध गरिएको सीडीओ पण्डितले जानकारी दिएका छन् ।

पछिल्लो समय प्रदेश २ का पर्सासहित बारा र अन्य जिल्लामा कोरोना संक्रमितहरु फेला पर्ने दर बढ्दै गएको छ ।

मंगलबार मात्रै बारा र पर्सामा गरी थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ४० बजे

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान- जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न