कोरोना संक्रमण पुष्टि भएको १ दिन पछि मात्रै आइसोलेसन पुगिन् बर्दियाकी १२ वर्षीया बालिका « Khabarhub

कोरोना संक्रमण पुष्टि भएको १ दिन पछि मात्रै आइसोलेसन पुगिन् बर्दियाकी १२ वर्षीया बालिका


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर– सोमबार नै कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बर्दियाकी १२ वर्षाया बालिकालाई आज (मंगलबार) अबेर मात्रै आइसोलेसनमा भर्ना गरिएको छ ।  राजापुर नगरपालिकाकी बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको हो ।

कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उनले बताए ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : १० बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर