नेताको कोरोना परीक्षण नसकिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित « Khabarhub

नेताको कोरोना परीक्षण नसकिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठकमा जान तयारी गरिरहेका स्थायी कमिटी सदस्यलाई एसएमएसमार्फत बैठक स्थगित भएको सूचना दिइएको थियो । एसएमएसबाटै बैठक स्थगितको सूचना आएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

‘बैठकमा जाने तयारी स्वरुप म लुगा लगाएर ठीक पर्दै थिएँ । बैठक स्थगितको म्यासेज आयो,’ पन्तले भने, ‘स्थायी कमिटी सदस्यको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेर स्थगित भनिएको छ । हाम्रो त सबै ठीक छ ।’

स्थायी कमिटीका कतिपय सदस्यहरूको कोरोनाभाइरस कोभिड– १९ परीक्षण गर्न बाँकी रहेकाले स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बताएका छन् ।

नेकपाको स्थायी कमिटीमा रहेका ४५ सदस्यहरुमध्ये सांसद रहेका अधिकांशको परीक्षण सकिएको छ भने अझै परीक्षण गर्न र रिपोर्ट आउन बाँकी रहेका सदस्य रहेकाले आजको बैठक स्थगित भएको हो ।

नेकपाको पार्टी कार्यालय सचिव ईश्वरी रिजाललका अनुसार कोरोनाको जाँचपछिमात्र बैठक बस्नेछ । उनले भने, ‘बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको छ । स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ ।’

रिजालले भने, ‘केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो । तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।’

आजको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुने कार्यतालिका थियो ।

यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो ।

बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिँडेका थिए ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ४२ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र