दशगजामा रोकिएका ७० जना नेपाल भित्रिए | Khabarhub Khabarhub

दशगजामा रोकिएका ७० जना नेपाल भित्रिए


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दशगजामा रोकिएका मध्ये ७० जना भन्दा बढीलाई नेपाल भित्र्याइएको छ ।

पश्चिम नवलपरासीका सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्र्याएको हो ।

पछिल्लो समय भारतमा रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न शहरबाट घर फकिएकाहरु पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रका दशगजामा जम्मा भएका थिए ।

कोभिड १९ को सुरक्षा सतर्कता अपनाउन गरिएको लकडाउन र सीमा शील गरिँदा सयौं नेपाली दशगजा क्षेत्रमा अलपत्र परेका थिए ।

विगत ३/४ दिनदेखि सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा वरपर अलपत्र परेका नेपाली बस्दै आएका थिए ।

नेपाल छिर्ने आशमा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउदै आएको थियो । उनीहरुको अवस्था दिनानु दिन नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

नेपालीहरु घर फर्कन सीमामा तैनाथ सुरक्षावल मार्फत स्थानीय प्रशासनमा हार गुहार गरिरहेका बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढे पछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेका थिए ।

सीमाका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हुदै माथिल्लो तहमा आवश्यक समन्वय भई रहेको यहांका सुरक्षा निकायहरुले बताउदै आएको थियो ।

सीमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउदै समयमा देश भित्र ल्याउन नसके खुल्ला सीमाबाट लुकिछिपी छिर्ने सम्भावना बढ्ने भएकाले झन जोखिम हुने खतरा बढ्दै गएको छ।

यसैबीच सीमामा नेपालीले खाना न पानी र खुल्ला आकाशको भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दैगए पछि स्थानीय सुस्ता गाउंपालिकाले मंगलबार सांझ ७० भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाईनमा राखेको छ ।

भारतबाट आएर सीमामा अलपत्र नेपालीलाई विभिन्न सात क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

पाण्डेका अनुसार सीमावर्ती पालिका सुस्तामा यस अघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सीमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाईन थपिएको हो ।

सुस्ता गाँउपालिकाले क्वारेन्टाईनमा रहेका सवैलाई आवश्यक खाना तथा पानीका अतिरिक्त नियमित स्वास्थ्य जाँचको प्रबन्ध गरिरहेको जनाएको छ । यहांँ क्वारेन्टाईन बस्नेको संख्या १३१ छ ।

पालिकाले यस अघि कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तीन किसिमको अलग अलग क्वारेन्टाईन निर्माणको अवधारण ल्याएको थियो ।

प्रदेश ५ अन्तरगत पर्ने पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अब उनीहरुको स्वाब परीक्षण समेत गरिने बताइएको छ । उनीहरुलाई नेपाल भित्र्याइएसँगै पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ ।

रामकुमार श्रेष्ठबाट

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : १३ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका