नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित « Khabarhub

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी अस्पतालमा उपचाररत दुई जना भागेका छन् । कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका दुई जना भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ ।

अस्पतालमा रहेको शौचालयको भेन्टिलेसन् फोडेर उनीहरु भागेको प्रहरीले जनाएको छ । उनीहरु मंगलबार अस्पतालमा भर्ना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी विरेन्द्र बहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

डिएसपी शाहीले भने, ‘अस्पतालले केही समय अघि दुईजना संक्रमित अस्पतालबाटै भागेको खबर गरेपछि हामीले प्रहरी परिचालन गरेर  व्यापक रुपमा खोजी जारी राखेका छौं ।’

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : २१ बजे

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।