अस्ट्रेलियाको एउटा ताल एकाएक बन्यो गुलाबी, पर्यटकको घुँइचो (फोटो फिचर) « Khabarhub

अस्ट्रेलियाको एउटा ताल एकाएक बन्यो गुलाबी, पर्यटकको घुँइचो (फोटो फिचर)


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलियाको मेलवर्न पार्कमा रहेको एउटा तालको रंग परिवर्तन भएको छ । तालको रंग परिवर्तन भएर आफैं गुलाबी रंगको भएपछि तालमा फोटो खिच्ने पर्यटकहरुको घुँइचो लागेको बीबीसीले जनाएको छ ।

मेलवर्नको वेस्टगेटमा रहेको यो ताल मानवनिर्मत ताल हो र हालै गुलाबी रंगमा परिवर्तन भएको छ । चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण पानीको रंग गुलाबी भएको बताइएको छ ।

यस्तो अवस्थामा तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रंग उत्पादन गर्छन् ।

यो तालमा आउने पर्यटकले तालको रंगलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रंग छान्छन् र फोटो खिँचाउँछन् ।

सामाजिक सञ्जालमा मानिसहरुले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन् ।

तालको गुलाबी रंग मौसम चिसो नभएसम्म कायम रहन्छ ।

अस्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरुमा पनि पानी गुलाबी हुने गर्दछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ४८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन