सगरमाथाबारे भ्रम फैलाएको भन्दै महोत्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै महोत्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोतरी- महोत्तरीको बर्दिवासमा स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

नेपाल प्रहरीमाथि चिनीयाँ नागरिकहरुले गरेको आक्रमण र चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर लालबन्दीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका हुन् ।

बर्दीवासमा गौतम पाण्डको नेतृत्वमा युवाहरुको समूहले चिनीयाँ राष्ट्रपति जिनपिङको पुतला दहन गरेका हुन् ।

केही दिन अघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।

त्यस्तै, चिनीयाँ नागरिकहरु नेपालमै वसी नेपाल प्रहरीमाथि आक्रमण गर्नु गम्भीर विषय बनेको भन्दै युवाहरु आक्रोस पोखेका छन् ।

केहिदिन अघिमात्र राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँहरू सिंहदरबार अगाडि भेला भएर नेपाल प्रहरीमाथि आक्रमण गरेका थिए ।

स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शनमा उत्रेका चिनियाँलाई हटाउन खोज्दा प्रहरीमाथि नै आक्रामक बनेका थिए । सोही विषयमा युवाहरु आक्रोस पोखेका हुन् ।

यसअघि, सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा केही युवाहरुले सोही विषयमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका थिए ।

यसैबीच सर्लाहीका युवाहरुले पनि सोही विषयलाई लिएर चीन विरोधी नारा लगाउँदै चिनयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५४ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका