बागमती प्रदेश छिर्ने नाकामा कडाई « Khabarhub

बागमती प्रदेश छिर्ने नाकामा कडाई

प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने चुरियामाई नाका बन्द


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा कडाई गर्न थालेको छ । बुधबारदेखि प्रदेश–२ का विभिन्‍न जिल्लाबाट वाग्‍मती प्रदेशको राजधानी हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो ।

प्रदेश–२ मा कोरोना संक्रमण फैलँन थालेपछि त्यहाँका विभिन्न जिल्लाबाट हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो ।

मकवानपुरको कमाण्‍ड पोष्टले म‌ंगलबार प्रदेश २ हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने चुरियामाई नाका बुधबारदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश २ का जिल्लाबाट चुरियामाई नाका हुँदै छिर्ने सबै सवारी साधन र मानिसहरुलाई प्रवेशमा कडाइ गरिएको हो ।

प्रवेश गर्न खोज्नेलाई बाटैमा रोकिएको छ । अधिकांशलाई फर्काइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

तर, अत्यावश्यक सवारी साधनलाई रातोमाटे चेकपोष्टमा सेनिटाइजिङ गरेर मात्र प्रवेश गर्न दिइएको छ ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार हेटौंडासँग जोडिएको प्रदेश २ को नाका समेत रहेको सो क्षेत्रबाट कोरोना संक्रमितहरु आउने सम्भावना बढेपछि कडाइ गरिएको हो ।

हेटौंडाको चुरेक्षेत्रको वनजंगल हुँदै तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्न स्थानीय तहमार्फत नियन्त्रणको काम समेत थालिएको छ ।

हेटौंडामा खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न पाइनेछ । १ जेठदेखि माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने, बैंकलाई भीड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय पोष्टले गरेको थियो ।

अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकामा पनि कडाइ गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ०८ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका