पकाएको वा खाद्य सामग्री आफूखुशी वितरण नगर्न निर्देशन « Khabarhub

पकाएको वा खाद्य सामग्री आफूखुशी वितरण नगर्न निर्देशन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले लकडाउन जारी रहेको अवस्थामा कुनैपनि संघसंस्थालाई पकाएको खाना वा खाद्य सामग्री वितरण नगर्न निर्देशन दिएको छ ।

वितरण गरेको पाइएमा वितरण गर्नेलाई कडा कारबाही गर्ने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनका कारण सिर्जित अवस्थाले कोही पनि भोकै बस्न नपोस् भन्दै अहिले महानगरले न्यूनतम राहतको रुपमा दाल चामल वितरण गरिरहेको छ ।

यस अघि दैनिक ज्याला मजदुरी गर्ने, विपन्न, गरीब र विपन्नलाई बिहान बेलुका सामूहिक भोजन ( मेस)को आयोजना गरेको छ । लकडाउन सुरू हुने बित्तिकै महानगरपालिकाले विपन्न, गरिब, मजदुरी गर्नेलाई राहत सामग्री स्वरुप दाल ,चामल, चिउरा, नून, तेल वितरण गरिएको थियो ।

राहत सामग्री जी टु जी प्रक्रिया मार्फत साल्ट टेड्रिड कर्पोरसनबाट खरिद गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : १५ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका