उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित « Khabarhub

उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- लकडाउनका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् । बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेको भन्दै स्थानीयवासीले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् ।

रातिको समयमा सवारी साधनबाट कच्चा पदार्थ ल्याउने क्रम नरोकिएपछि सुरक्षाका लागि उद्योग बन्द गर्नुपर्ने मागसहित रिले अनशन शुरु गरिएको स्थानीयवासी किसान गुरुङले जानकारी दिए । “कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्”, उनले भने, “काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

उनका अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनसन साँझ ६ बजेसम्म जारी रहनेछ । “सामाजिक दूरी कायम गर्दै शुरु गरिएको रिले अनसनमा यहाँका सबै स्थानीयवासीले ऐक्यबद्धता जनाउनुभएको छ,” उनले भने ।

उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सूर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ । जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो । लकडाउन अवधिभर उद्योगको काम पनि बन्द हुनुपर्ने स्थानीयवासीको माग छ ।

उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ । “भित्रका कर्मचारीलाई बाहिर जान दिएका छैनौं, सुरक्षितरुपमा काम सञ्चालन गरिएको हो”, उनले भने ।

उद्योगको अनुगमन गर्न मङ्गलबार पुगेका नगरपालिकाका प्रमुख किसान गुरुङले कर्मचारीको सुरक्षालाई ख्याल गर्दै उद्योग सञ्चालन भएको पाइएको बताए । पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : १४ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका