आजसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण « Khabarhub

आजसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २ सय ११ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा संक्रमण पुष्टि भएका २ सय ४६ मध्ये उपचारत २ सय ११ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार आज थपिएका ३ जनासहित नेपालमा कुल संक्रमतिको संख्या २ सय ४६ जना रहेको छ भने ती मध्ये ३५ जना निको भएर घर फर्किएका छन् ।

डा देवकोटाका अनुसार कुल संक्रमितमध्ये १ सय ९८ जना पुरुष र ४८ जना महिला रहेका छन् । डा देवकोटाका अनुसार संक्रमितहरु प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ७ जिल्ला, बाग्मती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश ५ का ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका २ जिल्ला गरी २२ जिल्लाका संक्रमितहरु रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार २ सय ७२ जना आइसोलेसनमा छन् । आइसोलेसनमा संक्रमित तथा सम्भावित संक्रमित रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार गत २४ घण्टामा १ हजार ३ सय ६३ वटा नमूना परीक्षण गरिएको छ । गत माग १४ गतेदेखि हालसम्म २२ हजार ६सय ६४ वटा नमूना परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार आरडीटी विधिबाट चैत १९ गतेदेखि हालसम्म ६२ हजार ३ सय २७ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा २ हजार ८ वटा नमूना परीक्षण भएको छ ।

कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य सामग्री पठाइयो

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना प्रभावित क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य सामग्री पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नम्बर १,२,५ र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ तथा स्थल मार्गबाट स्वास्थ्य सामाग्री पठाइएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार १४ हजार ७ सय थान आरडीटी, ७ हजार थान भिटिएम, पीपीइहरु ती प्रदेशहरुमा पठाइएको हो ।

प्रवक्ता डाक्टर देवकोटाका काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा रहेका फलफुल तथा तरकारी व्यवसायी, सरसफाइका कर्मचारी, ढुवानीमा कार्यरत व्यक्तिहरु सहित ३ सय जनाको पीसीआर र ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ४ : ५३ बजे

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा