भारतबाट महाकाली नदी तरेर एक सय मजदूर नेपाल भित्रिए « Khabarhub

भारतबाट महाकाली नदी तरेर एक सय मजदूर नेपाल भित्रिए


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- लकडाउनको समयमा अवैध रुपमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् ।

बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् । महाकाली नदीमा ट्युवमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सील रहेका बेला अवैध रुपमा सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए ।

दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् ।

स्वेदश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका विभिन्न १५ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरिएका छन् ।

लकडाउन रहेको समयमा अवैध रुपमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न निगरानी समूह गठन गर्न थालिएको छ । बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन् ।

कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।  जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिदैंछन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : ४८ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर