विश्वको ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वको ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्।

बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

कक्स बजार नजिकैको यो शिविरमा साँघुरा गल्ली, भीडभाड, पानीको सीमित उपलब्धताका कारण कोरोना भाइरसबाट बच्ने उपाय पालन गर्न निकै गाह्रो छ।

बंगलादेशमा सेभ द चिल्ड्रेन्स हेल्थकी निर्देशक डा शमीम जहाँका अनुसार कक्स बजारको शरणार्थी शिविरमा कोरोना भाइरस फैलिएपछि हजारौंको ज्यान जाने खतरा देखिएको छ। उनले भनेकी छन्, ‘यो महामारीले बंगलादेशलाई दशकौं पछाडि धकेल्न सक्छ।’

कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास छ।

बर्मामा रोहिंग्या मुसलमानमाथि सैनिक अत्याचार हुन थालेपछि लाखौं रोहिंग्या विभिन्न देशमा शरणार्थी छन्। यसमध्ये सबैभन्दा धेरै बंगलादेशमा छन्।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : २६ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी