एजेन्सी- बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्।
बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।
कक्स बजार नजिकैको यो शिविरमा साँघुरा गल्ली, भीडभाड, पानीको सीमित उपलब्धताका कारण कोरोना भाइरसबाट बच्ने उपाय पालन गर्न निकै गाह्रो छ।
बंगलादेशमा सेभ द चिल्ड्रेन्स हेल्थकी निर्देशक डा शमीम जहाँका अनुसार कक्स बजारको शरणार्थी शिविरमा कोरोना भाइरस फैलिएपछि हजारौंको ज्यान जाने खतरा देखिएको छ। उनले भनेकी छन्, ‘यो महामारीले बंगलादेशलाई दशकौं पछाडि धकेल्न सक्छ।’
कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास छ।
बर्मामा रोहिंग्या मुसलमानमाथि सैनिक अत्याचार हुन थालेपछि लाखौं रोहिंग्या विभिन्न देशमा शरणार्थी छन्। यसमध्ये सबैभन्दा धेरै बंगलादेशमा छन्।













प्रतिक्रिया