सांसदलाई मास्क अनिवार्य, राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने | Khabarhub Khabarhub

सांसदलाई मास्क अनिवार्य, राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने

सिंगारियो संसद भवन


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो चार बजे स‌ंसद बैठक बस्दैछ ।

संसदमा प्रवेश गर्न सांसदहरुलाई मास्क अनिवार्य गरिएको छ । सिट व्यवस्थापन दूरी कायम गरी मिलाइएको छ । संसद सचिवालयले राष्ट्रपति, प्रधानमन्त्री, सांसदहरु र तिनका सचिवालयका सदस्यहरुको कोरोना परीक्षण गरिसकेको छ ।

राष्ट्रपति भण्डारी संसदमा आउँदा यसपटक पुष्पगुच्छा नदिइने भएको छ । राष्ट्रपतिलाई नमस्कार गरेर स्वागत गरिनेछ । आउने १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट आउँदैछ ।

सिंगारियो संसद भवन

सामान्य अवस्थामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुने दिन भवनलाई झकिझकाउका साथ सजाउने पुरानै परम्परा हो। तर यस वर्ष महामारीका बीच पनि संसद सचिवालयले राष्ट्रपति भण्डारीको सम्मानमा संसद भवन सिँगारेको छ।

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनलाई पालना गर्दै गरिएको संसद सचिवालयले जनाएको छ। बैठकभित्र छिर्ने बेला साबुन पानीले हात हुने, ज्वरो परीक्षण गर्ने, मास्कपञ्जा लगाउनेदेखि दुईवटा कुर्सी खाली राखेर सांसदहरु बस्ने व्यवस्था मिलाइएको छ।

आम चुनावपछि नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। यसवर्षको नीति तथा कार्यक्रम कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमामा केन्द्रित रहनेछ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : २९ बजे

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा