सांसदलाई मास्क अनिवार्य, राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने « Khabarhub

सांसदलाई मास्क अनिवार्य, राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने

सिंगारियो संसद भवन


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो चार बजे स‌ंसद बैठक बस्दैछ ।

संसदमा प्रवेश गर्न सांसदहरुलाई मास्क अनिवार्य गरिएको छ । सिट व्यवस्थापन दूरी कायम गरी मिलाइएको छ । संसद सचिवालयले राष्ट्रपति, प्रधानमन्त्री, सांसदहरु र तिनका सचिवालयका सदस्यहरुको कोरोना परीक्षण गरिसकेको छ ।

राष्ट्रपति भण्डारी संसदमा आउँदा यसपटक पुष्पगुच्छा नदिइने भएको छ । राष्ट्रपतिलाई नमस्कार गरेर स्वागत गरिनेछ । आउने १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट आउँदैछ ।

सिंगारियो संसद भवन

सामान्य अवस्थामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुने दिन भवनलाई झकिझकाउका साथ सजाउने पुरानै परम्परा हो। तर यस वर्ष महामारीका बीच पनि संसद सचिवालयले राष्ट्रपति भण्डारीको सम्मानमा संसद भवन सिँगारेको छ।

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनलाई पालना गर्दै गरिएको संसद सचिवालयले जनाएको छ। बैठकभित्र छिर्ने बेला साबुन पानीले हात हुने, ज्वरो परीक्षण गर्ने, मास्कपञ्जा लगाउनेदेखि दुईवटा कुर्सी खाली राखेर सांसदहरु बस्ने व्यवस्था मिलाइएको छ।

आम चुनावपछि नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। यसवर्षको नीति तथा कार्यक्रम कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमामा केन्द्रित रहनेछ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : २९ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा