हङकङ र जापानबाट छुट्टीमा आएका जान पाउने | Khabarhub Khabarhub

हङकङ र जापानबाट छुट्टीमा आएका जान पाउने

लकडाउन लम्बिन सक्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ र जापानबाट छुट्टीमा घर आएका नेपाली फेरि जान पाउने भएका छन् ।

जापान र हङकङबाट छुट्टीमा आएकालाई सरकारले जान दिने अनुमति दिएको हो ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।

‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उनले बताए। ‘तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ। सरकारले जान अनुमतिमात्र दिएको हो’,उनले भने।

लकडाउन लम्बिन सक्ने

यसैबीच सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए।

ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए।

सरकारले पछिल्लो समय थपेको लकडाउनको अवधि आगामी जेठ ५ गते सकिँदैछ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : ४५ बजे

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा

दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं – दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको

मधेस प्रदेशमा बनेको गल्फ मैदानको उद्‌घाटन

 महोत्तरी– मधेस प्रदेशमा गल्फ मैदान तयार भएको छ । मैदान