भूमी बैंकको स्थापना गरिने, जमिन बाँझो राख्न नपाइने « Khabarhub

भूमी बैंकको स्थापना गरिने, जमिन बाँझो राख्न नपाइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

सरकारले अब भूमि बैंकको स्थापना गर्ने भएको छ । त्यस्तै, एकै प्रकारको बाली लगाउन उत्प्रेरित गर्नेछ ।

एकैसाथ उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेछ । स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको प्रर्वद्धन गरिने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । र, सहकारी संस्थाहरुलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने कुरापनि कार्यक्रममा समेटिएको छ ।

सघन खेती प्रणाली कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। यसका लागि आवश्यक पर्ने सिँचाइ र बिउको विस्तार भइसकेको दाबी सरकारको छ।

यस्तै कृषि उत्पादन वृद्धि भई खाद्यसुरक्षाको स्थितिमा सुधार आएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्। उनले भनिन्, ‘कृषि क्षेत्रमा आधुनिकीकरण यान्त्रीकरण र विश्ष्टिीकरण गरी उत्पादनमा जोड दिइनेछ।’

उनले आन्तरिक उत्पादनलाई प्रोत्साहनका लागि अभियान चलाइने बताइन्। यस्तै प्रशोधित खाद्य वस्तु निर्यात गरिने नीति सरकारले तय गरेको छ।

प्रधानमन्त्री कृषि योजनालाई परिमार्जन गरी देशभर नै पुर्याइनेछ भने एक स्थानमा एउटै बालीको खेती गरी कृषि वस्तुको उत्पादनमा जोड दिइनेछ।

यस्तै हरेक किसानलाई स्थानीय तहमार्फत सूचीकरण गरिने नीति सरकारले अघि सारेको छ। कृषि अनुसन्धानसम्बन्धी विद्यमान संरचनालाई स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ५४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका