पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाइने | Khabarhub Khabarhub

पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ ।

आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ । बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने उल्लेख छ । काठमाण्डौ–तराई मधेश फास्ट ट्र्याकको काम तीन वर्षमा सक्ने नीति तथा कार्यक्रममा बताइएकाे छ ।

आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किमि सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ ।

त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ४६ बजे

राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा

काठमाडौं– शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले ‘जेन-जी पुस्ता जनता

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।