खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ | Khabarhub Khabarhub

खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो विश्व युद्धका बेला पहिलो परमाणु हतियार बनाउन गरिएको प्रयाससँग तुलना गरेका छन् ।

खोप बनाउने यो अभियानलाई ‘अपरेशन र्‍याप स्पीड’ को संज्ञा दिएका उनले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताइरहँदा ट्रम्पले भने खोप तयार नै नभए पनि लकडाउन खुलाउने बताएका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ४५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शान्ति पुनस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

बाँके– मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्थापना गृह

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने