काठमाडौं – युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा थप १ हजार ७२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३६७ पुगेको छ । एकै दिन १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ४५९ पुगेको छ ।
१ लाख ८८ हजार ९६७ जना संक्रमणमुक्त भएका छन् भने ५७ हजार ९४१ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया