आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान | Khabarhub Khabarhub

आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी सोमबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी, मध्य र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबार पनि मुलुका मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ११ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको