सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी « Khabarhub

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली भूमिको सुरक्षार्थ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ)को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) संख्या ५ सय पुर्‍याउने तयारी गरेको छ ।

नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा ५ सय बीओपी पुर्‍याउने तयारी गरिएको हो ।

भारतसँग सीमा जोडिएको १ हजार ८ सय ८० किमि क्षेत्रमा ४ सय ९० बीओपी पुर्‍याइने छ भने चीनसँग सीमा जोडिएका क्षेत्रमा १० देखि १२ वटासम्म बीओपी थपिने छ ।

१५ जिल्लाले सीमा छोएको चीनसँग नेपालको १ हजार ४ सय १४ किमि भू-भाग जोडिएको छ ।

हाल भारततर्फ १ सय २० बीओपी रहेकोमा ३ सय ७० बीओपी थप्‍ने गरी योजना बनेको हो ।

बढीमा २ वर्षभित्र हाल रहेका बीओपी संख्यालाई बढाएर २ सय २१ पुर्‍याइने गृह मन्त्रालयले जनाएको छ ।

चीनसँग सीमा जोडिएको कोरला, हिल्सा, मनाङ, बझाङ, ताप्लेजुङ, सिन्धुपाल्चोक, रसुवा र दोलखामा बीओपी राख्‍ने गरी मोडालिटी बनाइदै छ ।

बुधबार मात्रै दार्चुलाको छाङरुमा भारतीय सीमा नजिकै बीओपी राखिएको छ । त्यसअघि संखुवासभाको किमाथांका नाकामा पनि बीओपी राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : २८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका