सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी | Khabarhub Khabarhub

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली भूमिको सुरक्षार्थ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ)को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) संख्या ५ सय पुर्‍याउने तयारी गरेको छ ।

नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा ५ सय बीओपी पुर्‍याउने तयारी गरिएको हो ।

भारतसँग सीमा जोडिएको १ हजार ८ सय ८० किमि क्षेत्रमा ४ सय ९० बीओपी पुर्‍याइने छ भने चीनसँग सीमा जोडिएका क्षेत्रमा १० देखि १२ वटासम्म बीओपी थपिने छ ।

१५ जिल्लाले सीमा छोएको चीनसँग नेपालको १ हजार ४ सय १४ किमि भू-भाग जोडिएको छ ।

हाल भारततर्फ १ सय २० बीओपी रहेकोमा ३ सय ७० बीओपी थप्‍ने गरी योजना बनेको हो ।

बढीमा २ वर्षभित्र हाल रहेका बीओपी संख्यालाई बढाएर २ सय २१ पुर्‍याइने गृह मन्त्रालयले जनाएको छ ।

चीनसँग सीमा जोडिएको कोरला, हिल्सा, मनाङ, बझाङ, ताप्लेजुङ, सिन्धुपाल्चोक, रसुवा र दोलखामा बीओपी राख्‍ने गरी मोडालिटी बनाइदै छ ।

बुधबार मात्रै दार्चुलाको छाङरुमा भारतीय सीमा नजिकै बीओपी राखिएको छ । त्यसअघि संखुवासभाको किमाथांका नाकामा पनि बीओपी राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : २८ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको